Advertisement
☰

हंसपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत राम लोचन मण्डल

न्युजडेस्क
२०७७ पुष ११, शनिबार १५:५१

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको लागि नयाँ अधिकृतको रुपमा रामलोचन मण्डल पदभार ग्रहण गरेका छन।

मण्डल यस अघि स्वास्थ्य शाखा हेर्दै आएका थिए। सोही नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका हुन् । मण्डल शुक्रबारदेखि नै नगरपालिकाको कार्यभार सम्हालेको मेयर रामज्ञान मण्डलले बताए । 

उनले यसअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा उमेश यादव कुशल रुपमा कार्यसँचालन गरेका थिए । यादव अधिकृत हुँदा हँसपुर नगरपालिकाको विकास निर्माण सहित अन्य क्षेत्रहरुको विकासका कार्यहरु कुशल रुपमा सँचालन भएको जनाउँदै मण्डलले कार्यभार सम्हालेपछि कार्य कौशलता देखिने बताए । 

स्वास्थ्यको प्रमुखको रुपमा सोही नगरपालिकाका काम गरेका मण्डललाई अधिकृतको जिम्मेवारी दिदै शुक्रबार स्वागत कार्यक्रम गरिएको थियो । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर