• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पत्रकार महासंघमा उम्मेदवारहरूको लर्को पहिलाे पल्ट ७७ रै जिल्लामा एकै पटक पत्रकारहरूले मतदान गर्ने

२०७७ फाल्गुन ५, बुधबार ०९:१६

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन २०७७ फागुन ४ र ५ गते हुने भएको छ । २०७७ फागुन ४ गते महाधिवेशनमा सहभागीलाई स्वागत गर्ने, ५ गते बिहान ९ बजे उपराष्ट्रपतिबाट महाधिवेशन उद्घाटन गराउने र सोही दिन बन्दसत्र सकेर महाधिवेशन सम्पन्न गर्ने लक्ष्य महासंघले लिएको छ । महाधिवेशन सम्पन्न भएको एक महिनामा निर्वाचन हुने भएकाले पत्रकार बिच माहौल तातेको छ ।यस पटक विधानमै प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको र हरेक सदस्यले मतदान गर्ने भएकाले संगठनहरुले चर्चित अनुहारलाई महासंघको नेतृत्वमा प्रतिस्पर्धा गराउने कसरत थालेका छन् ।
२०७७ चैतको पहिलो साता हुने पत्रकारहरुको छाता संगठन महासंघको निर्वाचन गराउन केही दिनअघि धुलिखेलमा बसेको सबै संगठनहरुसँगको परामर्श बैठकले बाटो खोलेको छ । कोरोनाका कारण २०७७ भदौ ५ गतेभित्र हुनु पर्ने महाधिवेशन अहिले सरेको हो र निर्वाचन २०७७ चैतकाे पहिलाे हप्ता हुने भएको छ ।
पत्रकारहरुको निर्वाचनको सरगर्मी बढेसँगै उम्मेदवारहरुको चर्चा सुरु भएको छ । प्रेस संगठन विभाजित भएको अवस्था रहेकाले प्रेस युनियन महासंघको निर्वाचनमा निर्णायक हुने र प्रेस संगठनको महेश्वर दाहाल वा गणेश बस्नेतले नेतृत्व गरेको जुन समूहसँग उपलब्धिमूलक उसको सहकार्य हुन्छ उही समूह निर्वाचनमा विजयी हुने निश्चित प्रायः छ ।
तीनवटा बलिया संगठनहरु मध्ये प्रेस संगठनको दुई समूह र युनियनको गठबन्धन जताहुन्छ त्यो निर्णायक हुने छ । युनियनको वार्गेनिङ पावर बढेकाले महासंघको नेतृत्व हात पार्ने आंकलन पनि गरिदैछ । तर, नेपाल पत्रकार महासंघ सबै विचारका पत्रकारका पेशागत संगठनको साझा छाता संगठन भएकाले नेतृत्व मिलीजुली बन्नु पर्छ भन्ने माग पनि दह्रोसंग उठेको छ । तर, विभिन्न पदका लागि आकांक्षीहरुको लर्को लागेको छ ।
खासगरी हालका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट बिच कसले पद पड्काउने भनेर होडबाजी र खुट्टा तानातान सुरु भएको युनियनकर्मीहरु बताउँछन् । उसो त म किन पछाडि हट्ने भन्दै उपाध्यक्ष दिलीप थापा मगर पनि खुट्टा उचालेर बसेका छन् । युनियनमा यो होडबाजी चलिरहेको बेला प्रेस संगठनको खासगरी गणेश बस्नेत समूहले महासंघका पूर्व महासचिव उजिर मगरलाई अगाडि सारेको छ । निर्मला शर्मा र बालकृष्ण बस्नेतले महासंघको अध्यक्षमा चाहना राखे पनि एकाएक उजिरलाई अगाडि बढाइएको चर्चा संगठनभित्र छ । महेश्वर दाहाल पक्षले भने हालको राजनीतिक कदमलाई जसले ‘प्रतिगमन’ भनेर अगाडि आउछ त्यही समूहसंग नीतिगत एकता गर्ने अडान लिएको छ ।
दाहालको नेतृत्वको संगठनले अध्यक्षमा पपुलर पत्रकार अगाडि नसारेकाले मौदान खाली गर्दै कतै न कतै हातेमालो गर्ने रणनीति लिएको पत्रकार बिच चर्चा पनि चलेको छ । प्रेस युनियनको हालै सम्पन्न केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनलाई संवैधानिक कूको संज्ञा दिएर विज्ञप्ति जारी गरिसकेको र दाहाल खेमाले पनि यसलाई प्रतिगमन भनेकाले यी दुई पक्ष मिल्ने बलियो सम्भावना बनेको पत्रकारहरु बताउछन् ।
अध्यक्ष बन्ने होडबाजी चलिरहेको बेला वरिष्ठ उपाध्यक्ष र महासचिव बन्नेहरुको पनि लर्को लागेको छ । कतिपय युनियनकर्मीले भने श्रमजीवी पत्रकारको अधिकार र प्रेस स्वतन्त्रताको मुद्दामा सँधै लडाकु शैलीमा खटिएकाले हालका सचिव रामप्रसाद दाहाललाई अध्यक्ष नै बनाउनु पर्छ भनेर गफगाफ गरिरहेको पनि सुनिन्छ । युनियनबाट अध्यक्ष बन्ने समय भएको छैन भनेर दाहाललाई वरिष्ठ उपाध्यक्ष र महासचिव दुई मध्ये एक पदको उम्मेदवार बनाएर चित्त बुझाउने रणनीति बनेको बताइन्छ भने सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्रलाई पनि कतै न कतै व्यवस्थापन गर्न सकिन्छ कि भन्नेबारे पनि छलफल चलिरहेको युनियनका एक नेताले बताए ।
कोषाध्यक्ष मिश्र भने कान्तिपुर जस्तो बिग हाउसको प्रयोग गरेर भएपनि महासचिव बन्ने भन्दै हिंडेका छन् । श्रमजीवी पत्रकारको पक्ष र प्रेस स्वतन्त्रताको मुद्दामा समेत मिश्र दह्रोसंग अडिन नसकेको भनेर कान्तिपुरकै कतिपय सहकर्मीले आलोचना गरेको साँघुलाई एक कान्तिपुरका पत्रकारले जानकारी दिए ।उसो त युनियनस“ग सहकार्य भएमा कसलाई वरिष्ठ उपाध्यक्ष र कसलाई महासचिव बनाउने भनेर प्रेस संगठनको दाहाल समूह पात्रको खोजीमा जुटेको छ । महासचिवमा महासंघका हालका लेखा समिति संयोजक रोशन पुरीको चर्चा चले पनि विस्तारै उनको माहौल कमजोर बनेको दाहाल निकट एक पत्रकारले बताए । अहिले सिनियर पत्रकार बलराम थापालाई त्यो पदमा पु¥याउने कि भन्ने चर्चा सुरु भएको छ । यद्यपि दाहाल पक्षले माधव नेपाल पक्षको समेत चित्त बुझाउनु पर्ने भएकाले सचिव वा कोषाध्यक्षमा नेपाल पक्षलाई ल्याउनु पर्ने दबाब बढेको छ ।
त्यसका लागि केन्द्रीय सदस्य रहेका गोविन्द चौलागाई तयार रहेको बताइन्छ । तर, रामकुमार एलनलगायतले नेपालको सिफारिस गराउने हो कि भन्ने चर्चा पनि छ । श्रमजीवी पत्रकारहरुको मुद्दामा संघर्षको मैदानमा निरन्तर लागेका क्रान्तिकारी युवा पत्रकार जन्मदेव जैसी पनि को भन्दा के कम भन्दै सचिव त छाड्दै नछाड्ने भनेर कसिएर देश दर्शनमा निस्किएका छन् ।
उता गणेश बस्नेत नेतृत्वको प्रेस संगठनबाट चर्चित पत्रकारहरु वरिष्ठ उपाध्यक्ष र महासचिवमा बालकृष्ण बस्नेत, गणेश पाण्डे, मातृका पौडेल र दीपक पाण्डेको चर्चा चलाइएको छ । उनीहरुमध्ये कसले बाजी मार्ने हो भन्ने चाहिं यकिन भइसकेको छैन । महासंघको उम्मेदवार छनौटमा युनियनमा रोचक खेल हुन थालेको छ । रमेश विष्ट देउवाको हातबाट टिकट फुत्काउन लागेको चर्चा छ भने विपुल पोखरेल रामचन्द्र पौडेल पक्षको जोडबलमा अध्यक्षको टिकट लिने दाउमा रहेको चर्चा छ ।

देउवा समूहले भने पोखरेललाई कांग्रेसको दाङको सचिव बनाउने गरी सेटल गर्न लागेको र उनी त्यसमा लचिलो बनेको चर्चा युनियनकर्मीहरुबीच चलेको छ ।
रात रहे अग्राख पलाउँछ भनेझै पत्रकार महासंघको भावी नेतृत्वमा को कसरी पुग्छ त्यो भने रोचक खेल बन्दैछ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech