Advertisement
☰

आज हंसपुर नगरपालिका आयुर्वेद शाखा दुवरा छैठौं राष्ट्रिय योग दिवस

न्युजडेस्क
२०७७ माघ १, बिहीबार १९:२५

आज हंसपुर नगरपालिका आयुर्वेद शाखा दुवरा छैठौं राष्ट्रिय योग दिवस तथा नियमित योगाभ्यास कार्यक्रम ” योग गरौ डटेर,कोभिड भाग्छ हटेर ” मुल नाराका साथ छैठौं राष्ट्रिय योग दिवसको अवश्वरमा नगरप्रमुख श्री राम ज्ञान मण्डल ज्युले दीप प्रज्जवलन गरि योगाभ्यास शुभारम्भ गर्नु भयो ।

कार्यक्रम सोनिगामा आयुर्वेद औषधालय सन्चालन तथा ब्यवस्थापन समितिको अध्यक्ष श्री मेथुरा चौधरी ज्युको अध्यक्षतामा सन्चालग गरिएको एवम कार्यक्रमको प्रमुख अतिथी नगरप्रमुख राम ज्ञान मण्डल ज्युले प्रत्येक टोलमा योग माध्यमले नागरिक स्वस्थ्य राख्ने कार्यक्रम नगरपालिकाले ल्याउने नीति लिएका छन । नागरिक स्वस्थ्य नभैकन नगरपालिका स्वस्थ हुन नसक्ने बताउनु भयो ।

सबै नागरिक नियमित योग गरि स्वस्थ्य यापन गरौ भन्ने शुभकामना दिनु भयो । कार्यक्रममा विभिन्न पार्टीके नेता,निर्वाचित प्रतिनिधि , समाजसेबी,महिला लगायतको सहभागितामा भएको कार्यक्रम सोनिगामाको जनता रा. प्रा.वि.मा सन्चालन भएको थियो ।

हरिदुवारबा योग प्रशिक्षण लिइ आउनु भएका योग गुरु दुवरा योगाभ्यास नियमित विहान ५:३० बजे देखि ७ बजे सम्म जनता रा.प्रा.वि.को हलमा सात दिन सम्म बिहान बेलुका सन्चालन हुने छ त्यस पश्च्यात नियमित योगाभ्या हुने छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर