Advertisement
☰

दाङमा पुरुषको वीभत्स हत्या

न्युजडेस्क
२०७७ माघ १०, शनिबार १७:२३

बुटवल । दाङमा एक पुरुषको वीभत्स हत्या भएको खुलेको छ । जिल्लाको राप्ती गाउँपालिका ६ का ४० बर्षीय मोतीलाल चौथरीको पुस ८ गते घर अगाडि मकैवारीमा टाउँकोमा चिरपट प्रहार गरि हत्या गरि कुलोमा लगेर फालिएको अवस्थामा शव फेला पारिएको थियो ।

हत्यामा संलग्न तीन जनालाई त्यहाँको प्रहरीले २४ घण्टा नवित्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४८ बर्षीय मनिराम चौथरी, ३८ बर्षीय धनबहादुर चौधरी र ३३ बर्षीय मोतीलाल चौधरी रहेका छन ।

भालुबाङ्ग ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको र थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर