Advertisement

जसपाको धनुषा क्षेत्र २ को क्षेत्रिय बैठक यदुकुहामा सप्पन्न

न्युजडेस्क
२०७८ आश्विन २४, आईतवार ०७:२८

जनकपुरधाम, असोज २३ गते। जनता समाजवादी पार्टी नेपालका संगठन सुदृढीकरण विस्तार तथा जनजागरण अभियान ‘सुज अभियान’ धनुषा निर्वाचन क्षेत्र नं २को क्षेत्रिय भेला शहिदनगर नगरपालिकाको यदुकुहामा सम्पन्न भएको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै जसपा का केन्द्रिय कार्यकारिणी सदस्य समाजवादी नेता गजाधर यादवले देशको वैकल्पिक शक्ति जसपा नेपाल पार्टीको संगठन सुदृढीकरण विस्तार का लागि स्थानीय स्तरका नेता हरुले सुज अभियान अन्तर्गत संगठन विस्तार महापर्व मा सक्रियताका साथ लाग्नु पर्ने निर्देशन दिएका छन्।

सो कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य श्रीचन्द्र मुखिया ले सुज अभियान लाई सफल पार्न का लागि ईमान्दारिता का साथ कार्य गर्ने नेता र कार्यकर्ताहरुलाई पार्टी नेतृत्व ले मुल्यांकन गर्ने कुरा बताउनुभएको छ।

जसपा नेपाल का केन्द्रीय सदस्य अरुण सिंह मंडलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल प्रदेश नं २ का प्रमुख सचेतक शैलेन्द्र कुमार यादब, संघीय परिषद सदस्यहरु ई विजयकुमार मंडल, अब्दुल राइन, प्रदेश सदस्य ममता मंडल, जिल्ला अध्यक्ष पशुपति यादव, समाजवादी विधार्थी युनियनका केन्द्रीय महासचिव बरुण यादव, युवा क्रान्तिकारी नेता अशोक मंडल, समाजवादी युवा संघ का उपाध्यक्ष उमेश निराला, जिल्ला अध्यक्ष दिपु कापडी सहित का वक्ताहरुले संगठन विस्तार महापर्व अभियान सम्बन्ध मा विचार व्यक्त गरेका छन्।

सो क्षेत्रिय बैठकमा धनुषा निर्वाचन क्षेत्र नं २ का ४४ वार्ड का पार्टी अध्यक्ष, सचिवहरुको सहभागिता रहेको थियो।
भदौ १ गते देखि संचालित सुज अभियान मंसिर मसान्तसम्म सम्म संचालन हुनेछ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर