मनरासिस्वा न.पा. ०४ मा जनताको स्वास्थ्य सेवा सुबिधा र पहुँचको मध्यनजर गर्दै आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ज्यूको पहलमा बर्थिङ सेन्टरको लागि भवनको शिलान्यास गर्नु भयो।

उक्त कार्यक्रममा पुर्ब स्वस्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव,वडा अध्यक्ष अताबुल राइन् लागायत स्थानीय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो।

बर्थिङ सेन्टर भवन जनताको माग अनुसार नै मनरासिस्वामा बनाउन लागेको हो। मन्त्री कुशवाहाले जनता को लागी सधै खट्दै आएको र सधै खट्नेछु भने प्रतिबद्धता समेत गरेका थिए। सो शिलान्यास कार्यक्रममा गाउँ आगुवा नेता युवा बुद्धिजीवी तथा सम्पुर्ण गाउँबाशीहरुको सह्भागीता थियो।











