बर्दिवास / शुक्रवार महोत्तरीको बर्दिवासमा ओबीसीको प्रदेश अधिवेशन सुरु भएको हो । ओबीसीको प्रदेश अधिवेशनको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले उद्घाटन गरेका छन् ।
पिछडावर्ग ओबीसी महासभाको प्रदेश अधिवेशन मूल आयोजक कमिटीका संयोजक रामपृत यादवको अध्यक्षतामा सुरु भएको अधिवेशन शनिवारसम्म चल्ने बताइएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा विशिष्ट अतिथि पिछडावर्ग ओबीसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतो, ओबीसीको केन्द्रिय पदाधिकारी, अधिवेशन प्रतिनिधीलगायतको उपस्थिति रहेको छ ।











