Advertisement

मधेसी नेताको विरोध गर्ने प्रदेश २ प्रमुखमा नियुक्त राजेश झा

न्युजडेस्क
२०७७ फाल्गुन ७, शुक्रबार २०:४१

काठमाडौं । भर्खंरै प्रदेश २ मा नियुक्त भएका प्रदेश प्रमुख डा. राजेश (अहिराज) झा पत्रकार तथा मधेस मामिला विश्लेषक हुन् ।

मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत हुने गर्दछन् ।उनले यसअघि आफ्नो फेसबुकमार्फत् लेखेका छन्, ‘आरक्षणको आधार जात हुनु आफैमा विभेद हो। किनकि, सबै खस आर्य शोषक होइनन , सबै मधेशी पीडित होइनन्। सबै दलित गरिब छैनन , सबै जनजाति अनपढ छैनन। कुनै जात धनी वा गरिब हुन सक्दैन।’

कानून विषयमा स्नातक गरेका उनी अधिवक्ताको लाइसेन्स समेत लिइसकेको बताइन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र नेकपा प्रचण्ड–नेपाल समूहको विपक्षमा चर्को आलोचना गर्दै आएका उनी मधेशवाणी पत्रिका समेत सञ्चालन गर्दछन् । अनामनगरको हनुमानस्थानस्थित उनको मिडिया हाउस रहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर