महोत्तरी मनरा सिस्वा नगरपालिका वडा न. ६ सरपल्लोमा प्रदेश न २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा २५ दलित परिवारलाई पक्की घर हस्तान्तरण गरेका छ्न।

एक समारोह बिच आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा को प्रमुख आतिथ्यमा मनरा सिस्वा नगरपालिका वडा नं.६, सरपल्लो मा शहरी विकास तथा भवन निर्माण कार्यालय द्वारा जनता आवास कार्यक्रम अन्तर्गत २५ दलित परिवारलाई पक्की घर हस्तान्तरण गर्नु भयो।

उक्त कार्यक्रममा शहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुख विनोद कुमार यादव ,विभिन्न पार्टीका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।











