Advertisement

ओबिसी महासंघ कमला नगर अध्यक्षमा रामजीवन यादव

न्युजडेस्क
२०७९ श्रावण ८, आईतवार ०८:२४

जनकपुरधाम । कमला नगरपालिकामा पिछडावर्ग (OBC) महासंघ नेपालको कमला नगर अध्यक्षमा रामजीवन यादव चयन भएका छ ।

शनिबार भएको नगरस्तरीय भेलाले यादवको नेतृत्वमा १५ सदस्यीय नगर कार्य समिति चयन गरेको हो ।

पिछडावर्ग (OBC) महासंघ नेपाल कमला नगरपालिका नगर कार्य समितिको आयोजनामा स्थानीय युवा रामकुमार साहको अध्यक्षता तथा जसपा नेपालका केन्द्रीय सदस्य अरुणसिंह मण्डलको प्रमुख अतिथी बलिराम कापरी बिशिस्ट अतिथिमा भएको भेलाले उपाध्यक्षद्वयमा रामभरोशी कापर तथा सरोज साह, सचिवमा जितेन्द्र यादव, सहसचिवमा रामजुलुम यादव र कोषाध्यक्षमा रेणु मण्डल चयन भएका छन् ।

सदस्यहरुमा उमेश यादव, शम्भु यादव, गणेशऋषि मण्डल, रामबाबु महतो, सोनेलाल महतो, रामकरण साह, संगिता देवी सहनी र गणेश यादव रहेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर