हंसपुर नगरपालिका वडा न.७ को पर्साही को मुस्लिम टोलमा पि.सि.सि. ढलान को शिलान्यास जसपा केन्द्रिय सदस्य हंसपुर न.पा.का युवा मेयर रामज्ञान मण्डल ले गर्नुभएको छ।
उक्त बिकास निर्माण कार्यमा हंसपुर नगरपालिकाको आर्थिक सहयोगमा बन्ने लागेको पिसिसी ढलान पर्साही टोलमा मस्जिदको पछाडी देखि ढलान हुन गइरहेको निर्माण कार्यबाट मुस्लिम समुदायको मानिसहरुको बढी लाभान्वित हुने स्थानीयले जानकारी गराउनु भयो।
शिलान्यास का क्रममा प्रमुख अतिथि रामज्ञान मण्डल,बिशिस्ट अतिथि केन्द्रिय सदस्य सुरेन्द्र मण्डल, इजरायल रिजवी, नगर अध्यक्ष लालबाबु याद, वाड न.३का अध्यक्ष उदय सिंह,वाड न.७ का अध्यक्ष रामसेवक मण्डल, विद्यार्थी नेता सुधिर मण्डल,सुजित कापर लगायत विभिन्न पार्टीका पदाधिकारी हरु,पत्रकार ,बुध्जिवी,नागरिक समाज का अगुवाहरु का सम्क्ष शिलान्यास गर्नु भयो।











