Advertisement

पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि

न्युजडेस्क
२०७७ चैत्र १६, सोमबार १७:३६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर