Advertisement

वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशसभाद्वारा मानवीय सहयोग

न्युजडेस्क
२०८१ माघ २०, आईतवार १५:४६

जनकपुरधाम, माघ २० गते। मधेस प्रदेशसभाको ७औँ वार्षिकोत्सवको अवसरमा मानवीय सहयोग कार्यक्रम गरिएको छ ।

प्रदेशसभा वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मानवीय सहयोग कार्यक्रम अन्तर्गत जनकपुरधामस्थित मानव सेवा आश्रम, जानकी बृद्धाश्रम तथा सन्त कबिर वात्सल्य अनाथ आश्रममा विभिन्न सामाग्री सहयोग गरिएको वार्षिकोत्सव समारोह समितिका संयोजक एवं प्रदेशसभा सदस्य रामअशिष यादवले जानकारी दिए ।

मानवीय सहयोग कार्यक्रम अन्तर्गत मानव सेवा आश्रममा ५० बोरा चामल, दाल, आलु, तेल, आँटा डाइपर, साबुन लगायतको सामाग्री सहयोग गरिएको हो ।

त्यस्तै जानकी बृद्धाश्रममा तन्ना, सिरक, खाद्यान्न र अनाथ आश्रममा लत्ताकपडा तथा खाद्यान्न सामाग्री सहयोग गरिएको कार्यक्रमको संयोजक प्रदेशसभा सदस्य रुपा यादवले जानकारी दिइन् ।
सो कार्यक्रममा रत्नेश्वर लाल गोइत, हरिनारायण महतो, जिवछी यादव, किरण साह, रमिता प्रधान लगायतका प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर