Advertisement
☰

जनकपुरमा २१ गतेदेखि ३१ गते सम्म निषेधाज्ञा

न्युजडेस्क
२०७८ बैशाख १९, आईतवार १९:४७

धनुषा। जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ ।

जिल्लामा कोभिड १९को नयाँ भेरियन्टको संक्रमण बढ्‍दै भएको तर बजार र बस्तीहरुमा मानवीय चहलपहल र भिडभाड नियन्त्रण हुन नसकेको भन्‍दै प्रशासनले वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।#यस्तै जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोभिडको प्रकोप अवधिभर स्वामित्वमा लिइ सञ्‍चालन गर्न प्रदेश न‌ं. २ को मुख्यमन्त्रीको कार्यालयलाई अनुरोध गरेको छ।

यसका साथै प्रदेश २ सरकारको निर्णयले आइशोलेशनको रुपमा प्रयोगमा आएको र बेडसहितको अन्‍य स्वास्थ्य सामग्री र पूर्वाधार तयारी रहेको भन्‍दै सपहीस्थित सिटीईभीटीइको भवन, जनकी मेडिकल कलेजको रमदैयास्थित अस्पताल र गंगुलीस्थित आयुर्वेद कजेल भवनलाई कोभिड अस्पतालको रुपमा सञ्‍चालन र व्‍यवस्थापन गर्न सामाजिक तथा विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर