Advertisement
☰

मणिपाल कलेजमा कोभिड विशेष अस्पताल तत्कालै संचालनमा

न्युजडेस्क
२०७८ जेष्ठ १२, बुधबार २१:३७

जनकपुरधाम, जेष्ठ १२ गते प्रदेश २ द्वारा संचालन हुन लागेको मणिपाल विशेष कोभिड अस्पतालको कार्य अन्तिम चरणमा पुगेको छ।

अस्पताल निर्माणका लागि टेन्डर भई निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने अावश्यक जनशक्तिको छनौट पनि भईसकेको अवस्थामा अाज सामाजिक विकास मन्त्री नवलकिशोर साहको विशेष उपस्थितिमा उक्त अस्पताल संचालन गर्ने निर्देशन दिनुका साथै अावश्यक सहयोगको लागि विज्ञ समिति समेत गठन गरेका छन।जनकपुरधामस्थित सामाजिक विकास मन्त्रीको अध्यक्ष्ातामा वसेको वैठकले उक्त अस्पताल संचालन गर्न कुनै कसर वाकी नराख्ने वताएका छन।

वैठकमा अान्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव,जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह,मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह,धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला,स्वास्थ्य अापुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादव,प्रादेशिक अस्पतालका मे. सु. डा. प्रमोद कुमार यादव लगाायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर