Advertisement
☰

सभामुख सापकोटासँग प्रतिनिधिसभा बैठक बोलाउन जसपाको माग

न्युजडेस्क
२०७७ पुष ९, बिहीबार १८:३१

काठमाडौं, ९ पुष । प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ ।

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताइ ।

उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर