Advertisement
☰

आज डबल नेकपा स्थायी कमिटी बैठक बस्दै

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार ११:०४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बिहान बस्दै छ। पटक पटक स्थगित हुँदै आएकाे बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।

नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक स्थिगत हुँदै आएकाे हाे। सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेकाे छैन।

यसअघि साेमबारका लागि तय भएकाे स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियाे। पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो। स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर