Advertisement
☰

नेपाल भारत मैत्री संघद्धारा उदपुरमा १६ विपन परिवारहरूलाई गरे सहयोग

न्युजडेस्क
२०७८ जेष्ठ २४, सोमबार १९:१५

सप्तरी – नबिन यादव
उदयपुर

नेपाल-भारत मैत्री संघ र जिल्ला कार्य समिति उदयपुरद्धारा कोभिड-१९को लकडाउनले घरमा थुनिएका १६ गरिब बिपन्न परिवारलाई आज सोमबार राहत वितरण गरिएको छ।

राहत वितरण कार्यक्रमको आयोजक नेपाल-भारत मैत्री संघ र जिल्ला कार्य समिति उदयपुरद्धारा गाईघाटको मोडर्न इनिस्टच्युट अफ हेल्थ साइन्सको प्राङ्गणमा कोभिड-१९ को भयावह परिस्थितिले लकडाउनमा पारिएका अति बिपन्न गरिब १६ परिवारलाई वितरण गरिएको हो।

प्रति परिवार चामल १० केजी,नुन १ पोका,दाल १ केजी, खाने तेल १ पोका, दालमोट १ पोका ,चिनी १ केजी,माक्स र साबुन लगायत सामग्रीहरू बितरण गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष ई.श्री शैलेन्द्र मोहन झा,अध्यक्षता श्रीमति करुणा झा, उपाध्यक्ष खेम चन्द्र यादव,सदस्य क्रमश:श्री सत्य नरायण झा,बाल कृष्ण भट्टराई ,सनम राइ लगयत पत्रकार नबिन यादबको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर