Advertisement

जनकपुर बोल्ट्सका समर्थक माथी नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

न्युजडेस्क
२०८१ पुष ७, आईतवार २१:२७

जनकपुरधाम । नेपाल प्रिमियर लिग समापनपछि मधेशी समुदायका केही युवकहरुमाथि नश्लिय विभेद सहित आक्रमण गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
नेपाल प्रीलियम लिग npl को क्रममा फाइनल म्याच जनकपुर बोल्टस जितेपछि सुदुरपश्चिम रोयल्सका फ्यानहरुले जनकपुर बोल्टसका केही समर्थकहरुलाई सम्प्रादायिक विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन गरिएको छ ।
आईतबार अपरान्ह जनकपुरको भानुचोकस्थित विद्यार्थी नेताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले भिडियोमा आक्रमण गर्ने व्यक्तिहरु प्रष्ट देखिएकोले प्रहरीले यथाशिघ्र कारवाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यलय प्रमुखलाई ज्ञापनपत्र बुझाउदै काडा कार्वाहीको माग गरको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर