Advertisement
☰

नेपाल वायुसेवा निगम ६३ औं वर्षमा हामी निगमलाई व्यवसायिकउचाईमा लैजान प्रयासरत छौं,’ पौडेल

न्युजडेस्क
२०७८ असार १८, शुक्रबार ०७:३७

काठमाडौं। राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगम आजदेखि ६३ वर्षमा प्रवेश गरेको छ। कोभिडका कारण विश्व उड्डयन क्षेत्र नै तहसनहस भएको अवस्थामा निगमले व्यहोरेको वर्तमान र दीर्घकालिन वित्तीय असरको आकलन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ।

कोभिडको प्रभाव चुनौतिपूर्ण रहेपनि उड्डयन बजारमा आफ्नो उपस्थिती मजबुत बनाउने गरी रणनीतिक कार्य योजना (सन् २०२१-२०३० ) कार्यन्वयन तर्जुमा गर्दै अगाडि बढ्ने प्रबन्ध निर्देशक डीम प्रसाद पौडेलले बताए। ‘हामीले उज्ज्वल भविष्य लक्षित काम गरिरहँदा हामीसित ऊर्जाका रुपमा सम्झनालायक विगत पनि छ। हामी निगमलाई व्यवसायिक उचाईमा लैजान प्रयासरत छौं,’ पौडेलले भने।

विगतका वर्षमा भव्यका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यो वर्ष भने निगमले आफ्नो ६३ औं वार्षिकोत्वस सामान्य कार्यक्रमका साथ मनाएको छ।

कार्यक्रममा प्रबन्ध निर्देशक पौडेलले २० वर्षे सेवा अवधि पूरा गरेका चारजना कर्मचारीहरुलाई पदक र सम्मानपत्र प्रदान गरेका छन्। दीर्घ सेवा पदक पाउने निगमका कर्मचारीमा वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्ज्वल सिलवाल रहेका छन्।

विगतमा आर्जन गरको प्रतिष्ठामा केही धुमिल अवस्था देखिएको बताउँदै उनले भने, ‘महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमानहरु किन्नु परेका कारण निगमले दोष बोक्नु परेको छ। निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्त्वपूर्ण मद्दत पुग्नेछ। नेपाल सरकारको सहयोग निरन्तर प्राप्त भएको छ र त्यसमा निगमभित्रको सामुहिक प्रयासमा जवाफदेहिता, पारदर्शिता र व्यवसायिकतासहित अघि बढ्नुपर्छ।’

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर