काठमाडौं : कोरोनाविरुद्धको लडाईमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ मार्फत अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।
भेन्टिलेटर हस्तान्तरणपछि राजदुत बेरीले सत्तरी वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्राप्त सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७/७ वटाका दरले र बाँकी सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने बताए ।
भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्