Advertisement
☰

नेपाल एयरलाइन्समा कर्मचारीले गरे तालाबन्दी

न्युजडेस्क
२०७८ असार २२, मंगलवार २२:३९

काठमाडौं । नेपाल वायु सेवा निगम लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।

निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर