Advertisement
☰

शारीरिक कसरत गर्दै अभिनेत्री रेखा थापा, पुनः एक्शन अवतारमा आउन सक्ने

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार १८:१०

काठमाडौं ।  अभिनेत्री रेखा थापा लकडाउनको सदुपयोग गर्दै शारीरिक कसरतमा जुटेकी छिन् । लकडाउनमै  उनी नयाँ फिल्मको तयारीमा पनि जुटेकी छिन् ।

श्रमजिवी फिल्मकर्मी र प्राविधिकको समस्यालाई मध्यनजर गरेर निर्माताहरु फिल्म निर्माणमा लाग्नु पर्ने जनाउदै आएकी उउनि आउँदो भाद्रबाट फिल्मको छायाँकनको तयारीमा लागेकी छन् ।

अनटाईटल भनिएको फिल्मको लागि उनले सौगात मल्लसँग साईन समेत गरेकी छन् । उनी स्वयंम फिल्ममा मूख्य भुमिका देखिदैछन् । उनले आफ्नो सामाजिक सञ्जालबाट केही तस्वीरहरु सार्वजनिक गरेकी छन् ।

रेखाको तयारी र एक्सरसाईज हेर्दा उनी पुनः एक्शन अवतारमा आउन लागेको अनुमान गर्न सकिन्छ ।

नेपाली फिल्मी क्षेत्रमा रेखा थापा मात्र यस्ती अभिनेत्री हुन्  जसले नायिका पनि नायक हुन सक्छन् भन्ने उदाहरण दिएकी हुन् ।

रेखाले एक्सरसाईजका लागि पर्सनल ट्रेनर विज्जु पार्कीसँग सहकार्य गरेकी छन् । विज्जु भारतमा मोडलिङ गर्दै भारतिय कलाकारलाई जिम, योगा र डान्स गराउने ट्रेनर हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर