Advertisement
☰

पोल ढलेपछि गाउँपालिकाभरी बिद्युत् सेवा अवरुद्ध

न्युजडेस्क
२०७९ जेष्ठ २६, बिहीबार १२:४९

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिकामा विद्युतीय पोल ढल्दा गाउँभरको बिजुली अवरुद्ध भएको छ । हिजो दिउँसो र रातको झरी र हावाहुरीको कारण बागमती गाउँपालिका वडा नम्बर ८ धमिनथान देखि वडा नम्बर ७ पाथिभारासम्मको ११ वटा विजुलिको सिमेन्टका पोल ढलेको थियो ।

पोल ढलेपछि गाउँपालिकाको वडा नम्बर ८ फारवारी बाहेकको सबै क्षेत्रमा बिद्युतीय सेवा अवरुद्ध भएको छ । ‘गए रातिबाटै बत्ति छैन, मोबाईल चार्ज गर्न नपाएपछि सन्चार सेवा समेत अवरुद्ध भएको छ,’ फापरबारीबाट नारन दाहालले भने । 


ढलेका पोल पुननिर्माण गर्न करिब ३ दिन लाग्ने जानकारी प्राप्त भएको बागमती गाउँपालिकाको सूचना केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर