Advertisement
☰

जसपा कार्यकारिणी समिति बैठक आज पनि, को-को बन्दैछन् मन्त्री ?

न्युजडेस्क
२०७८ श्रावण १३, बुधबार ११:३६

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। मंगलबारदेखि पार्टी कार्यालय बालकुमारीमा जारी रहेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ।

निर्वाचन आयोगले पार्टीको आधिकारिता आफूलाई दिएपछि सरकारमा जाने घोषणा गरेका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । बैठकमा यादवपक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन्।

यसअघि हिजो बसेको बैठकले संसदीय दलको विधान पारित गरेको छ । दलको विधान पारित भएसँगै अध्यक्ष उपेन्द्र यादव पुनः दलको नेता भएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर