Advertisement

जसपा नेपाल जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न

न्युजडेस्क
२०८२ मंसिर २८, आईतवार २१:१९

जनकपुरधाम, मंसिर २८ गते। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुर उपमहानगरपालिकाको नगर अधिवेशन नगर अध्यक्ष बिशुनदेव साहको अध्यक्षतामा तथा जसपा नेपालका केन्द्रीय नेता एवं जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर साहको प्रमुख आतिथ्यतामा भव्य रूपमा उद्घाटन सत्र सम्पन्न भएको छ।

जनकपुरधामस्थित राधाकृष्ण मन्दिरमा आयोजित नगर अधिवेशनमा उपमहानगरपालिकाभित्रका २५ वटै वडाका प्रतिनिधि, अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै मधेश आन्दोलन भएको जिउदो सहित तीन जना, सुनिल दास, अरमान खान लाई पनि नगर समिति र प्रमुख अतिथी, बिशिस्ट अतिथिरुले साल ओढाएर सम्मान गरेका थिए

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपमहासचिव दीपक कार्की, केन्द्रीय सदस्य एवं प्रदेश सांसद रामआशिष यादव, केन्द्रीय सदस्यहरू ममता मण्डल, जितेन्द्र यादव, रामेश्वर महरा, पूर्व मन्त्री ज्ञानेन्द्र यादव, जिल्ला नेता पशुपति यादव, मु. मु. मेयर जयकुमार यादव, युवा नेता साजिद हुसेन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले पार्टी संगठन सुदृढीकरण, जनताको हकअधिकारको संरक्षण तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर