Advertisement
☰

जाली नोट सहित ३ जना पक्राउ

न्युजडेस्क
२०७८ श्रावण २६, मंगलवार १२:४१

रौतहट । करीव १० लाख रुपैया जालि नेपनली हजारका नोट सहित रौतहट मा ३ जना पक्राउ परेका छन् ।

जिल्ला धनुषा बट्टेश्वर गाउँपालिका वडा नं.४ अन्दाजी वर्ष ३८ को शत्रुधन वरई ठाकुर ,जिल्ला महोत्तरी बर्दीबास नगरपालिका वडा नं.९ बन्द्रा का अन्दाजी वर्ष ३० को रन्जित महतो ,महोत्तरी कै भङ्गहा नगरपालिका वडा नं.४ प्रेमनगर का वर्ष २५ को दिपेन्द्र कुमार महतो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.४ कालिमन्दिर नजिकैबाट उनीहरुलाइ पक्राउ गरेको प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दीएका छन ।

आइतवार राति उनीहरु लाई पक्राउ गरि प्रहरीले सोमवार सार्वजनिक गरेको हो ।
सिमानामा बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट ९ लाख ,९३ हजार सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक शाहले जनाए । उनीहरु का बारेमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर