Advertisement

परिक्रमा बास स्थलमा निशुल्क स्वास्थ्य शिबिर

न्युजडेस्क
२०८१ फाल्गुन २६, सोमबार १८:४२

आमिन राईन
जनकपुरधाम,फाल्गुन २६ गते
।ऐतिहासिक ,धार्मिक तथा सांस्कृतिक महत्त्व का मिथिला मध्यमा परिक्रमा मा सहभागी तीर्थयात्रीहरुको सुबिधाका परिक्रमा बास स्थल ओैरही हरुसाहामा निशुल्क स्वास्थ शिबिरको आयोजना गरिएको छ।
समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको समन्वय र काव्य होस्पिटल जनकपुरधामको प्राबिधिक सहयोग तथा स्थानीय जय भैरव युवा कल्व र श्री राम जानकी युवा कल्वको संयुक्त सहयोग तथा सक्रियतामा परिक्रमा स्थल हरुसाहामा निशुल्क स्वास्थ्य तथा खोज तलाश केन्द्र संचालन गरेकोे कुरा जय भैरव युवा कल्वका अध्यक्ष लक्ष्मी मुखिया ले जानकारी दिएका छन।
यसैगरी ओैरही गाउँ पालिका वार्ड नं ५ का वार्ड अध्यक्ष सरोज कुमार मंडलको संयोजनमा निशुल्क स्वास्थ शिबिरको आयोजना गरिएको छ। त्यसैगरी सामुदायिक स्वास्थ परामर्श सेवा र गायत्री परिवार कपटोलको आयोजना पनि निशुल्क स्वास्थ शिबिरका आयोजना गरि तीर्थयात्रीहरुलाई सेवा दिई रहेका छन।
ओैरही गाउँ पालिका वार्ड नं ६ का वार्ड अध्यक्ष शंकर प्रसाद साहको संयोजनमा चक्करमा परिक्रमा यात्रीहरुलाई भव्य स्वागत तथा सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर