Advertisement

धनुषामा अख्तियारविरुद्ध जसपाको बिशाल मशाल जुलुस प्रदर्शन

न्युजडेस्क
२०७८ आश्विन १६, शनिबार २०:३५

जनकपुरधाम असोज १६ गते । जनता समाजवादी पार्टी को बिशाल मशाल जुलुस जनकपुरको स्टेसन देखि निस्केको जुलुस भानु चौक, शिव चौक हुदै जनक चौक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए । सभामा जसपा विद्यार्थी प्रदेश उपाध्यक्ष बिकास यादव, जसपा जनकपुर नगर उपाध्यक्ष वासिम करम, जसपा युवा संघका धनुषा जिल्ला अध्यक्ष दिपु कापर संलगायतले बोलेका थिए ।

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी केही कागजात लगेको थियो । अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिले विरोध गरेको छ । ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपा ब्क्ताहरुले बताए ।

अध्यक्ष कापरका अनुसार शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम अध्यक्ष कापरले जानकारी गराउदै सम्पुर्ण जनसमुदायमा उपस्थितहुन अनुरोध गरेका थिए गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर