• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

तमसुकमा बिहे, वडामा तलाक

२०७८ आश्विन ८, शुक्रबार ०८:३८

सिरहा, ८ असोज । सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो । विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे ।

दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ । सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ । जसमा लेखिएको छ– ‘श्रीमानले श्रीमती…..सँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू ।’

नइम बिहेको दुई महिना नबित्दै वैदेशिक रोजगारीका लागि कतारतिर उडे। ‘बिहे भएको महिना नबित्दै घरमा दुःख दिन थालेको थियो । श्रीमान् पनि विदेश गयो । विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो’, तवसुमले भनिन्, ‘विदेश गएपछि झन् सम्पर्क, कुराकानी केही गर्न मानेन । यता घरमा सासू–ससुराले पीडा दिन थाल्यो ।’

कम्तीमा दाइजो फिर्ता लिएर भए पनि मैले अलग बस्न चाहेको छु । कति दुःख भोग्नु ?
– तवसुम अन्सारी, पीडित दुवै पक्ष राजीशुखी सम्बन्ध विच्छेदका लागि सहमत भएका थिए । मलाई कानुनबारे थाहा भएन। गल्तीले यस्तो भएको छ ।
–सुलेमान मियाँ अन्सारी, वडाध्यक्ष, लहान नगरपालिका–५निवेदन आएको छ । पीडितले नै अहिले दर्ता नगर्नू भनेपछि रोकिएको छ। दाइजो फिर्ता लिएर केटी पक्ष छुट्टिन चाहेको देखिएको छ । उनी बुबाआमासँग सम्पर्क गरी माइत आएर बस्न थालिन् । पछि गाउँका जातीय अगुवाले छलफल गरी सासू–ससुरासँगै बस्न पठाएको उनले सुनाइन् ।

‘केही महिना नपुग्दै फेरि पहिलेजस्तै दुःख दिन थालेपछि माइत फर्केर आएँ। श्रीमान् पनि सम्पर्कविहीन भयो। सासू–ससुराले धाकधम्की हिंसा गर्न छाडेनन्’, उनले भनिन्, ‘मेरो बुबाले गाउँका अगुवा, वडाध्यक्षलाई घटना मिलाइदिन आग्रह गरे । तर, अगुवाहरूले केटा पक्षको दबाबमा सम्बन्ध विच्छेद (तलाक) को निवेदन हाल्न लगायो ।’

उनले २०७७ मंसिर ४ गते लहान नगरपालिका–५ को वडा कार्यालयमा निवेदन दिइन् । वडा कार्यालयमै मंसिर ८ गते सम्बन्ध विच्छेदको कागज बन्यो। नइम भने विदेशमै थिए । छोडपत्रमा उनका बुबाले हस्ताक्षर गरेको पाइएको छ । त्यसमा तवसुमको अंश भागमा पर्ने चलअचल सम्पत्ति बापत १ लाख ५१ हजार रुपैयाँ ‘बुझिलिई’ भनेर लेखिएको छ । तर, विवाहनामाको सर्त उल्लेख छैन ।

दाइजोका सामान र नगद फिर्ता गर्नुपर्ने कुराकानी भएको तवसुमले सुनाइन् । ‘लेखेअनुसार न सामान फिर्ता भयो न नगद’, उनले भनिन्, ‘कम्तीमा दाइजो फिर्ता लिएर भए पनि मैले अलग बस्न चाहेको छु । कति दुःख भोग्नु ?’ बिहेमा नगद ५ लाख दिएको तर दैन मोहरमा डेढ लाख मात्रै लेखेको दाबी उनले गरिन् ।

लहान नगरपालिका–५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले सम्बन्ध विच्छेकको कागज प्रमाणीकरण गरेका छन् । त्यसमा वडासचिवले पनि हस्ताक्षर गरेका छन् । जबकि कानुनतः सम्बन्ध विच्छेदको मुद्दा अदालतले हेर्छ । श्रीमान–श्रीमती एकअर्कोसँग छुट्टिन चाहे अदालत जानुपर्ने हुन्छ ।

वडाध्यक्ष सुलेमानले सामाजिक रूपमा पञ्चायतबाट छलफलपश्चात् सहमति गरी वडा कार्यालयमा आएपछि कागज बनाइएको बताए । ‘दुवै पक्ष राजीखुसी सम्बन्ध विच्छेदका लागि सहमत भएको थियो । जातीय पञ्चहरूले वडा कार्यालय बाहिरै छलफल गराएका थिए । वडा कार्यालयमा आएर कागज बनाई दिन आग्रह गरे’, उनले भने, ‘आफूलाई कानुनबारे थाहा भएन । गल्तीले यस्तो भएको छ । वडा सचिवले कागज बनाएपछि मैले प्रमाणित गरेको छु ।’ केटा पक्षले केटीलाई १ लाख २० हजार रुपैयाँ दिइसकेको उनले सुनाए । बुहारीले नै बस्न नमानेपछि अलग हुने कुरा आएको दाबी नइमका बुवा मोलाजिम मियाँले गरे ।

तवसुमका अनुसार गत साउनमा नइम घर फर्किए । पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि भेट भएन । बरु उनले अर्को बिहे गरे। तवसुमले सहमतिअनुसार न नगद पाएकी छन्, न त न्याय नै । बहुविवाहको निवेदन बोकेर न्याय माग्दै भौतारिरहेका छन् । उक्त कागजमा तवसुमले नै निवेदन दिएपछि सम्बन्ध विच्छेद गरिएको उल्लेख छ ।

नइमले अर्को बिहे गरेको जानकारी पाएपछि आफूले इलाका प्रहरी कार्यालय लहानमा बहुविवाहको निवेदन दिएको उनले बताइन् । निवेदन दर्ता भने भएको छैन । त्यो थाहा पाएर वडाध्यक्षले मान्छे लगाएर किन प्रहरीमा गएको भनेर दबाब दिँदै आएको उनले बताइन् । नइम पनि फरार भएका छन् ।

केटा र केटी पक्ष छलफल गर्न इलाका प्रहरी कार्यालय लहानमा गएका थिए । त्यहाँ नइम आएनन् । तवसुमले उनी आउनुपर्ने अडान लिइन् । फेरि अर्को पटक बस्ने गरी छलफल भएको प्रहरीले जनाएको छ । ‘दाइजो फिर्ता दिए म मुद्दामा जाँदिनँ’, उनले भनिन्, ‘कति झन्झट व्यहोर्नु ? दुःख पाउनु ? बरु अलग्गै बस्छु ।’

बहुविवाहको निवेदन पीडितकै अनुसार दर्ता नगरिएको इलाका प्रहरी प्रमुख डीएसपी डा. तपनकुमार दाहालले बताए । ‘निवेदन आएको छ । पीडितले नै अहिले दर्ता नगर्नु भनेपछि रोकिएको छ । छलफलका लागि दुवै पक्ष आएका थिए’, डीएसपी डा. दाहालले भने, ‘दाइजो फिर्ता लिएर केटी पक्ष छुट्टिन चाहेको देखिएको छ । अब केटी पक्षले भन्नेबित्तिकै दर्ता हुन्छ । हामीले रोकेको होइन ।’

दाइजो कागज कसरी लेखिन्छ ?
केटा र केटीबीच मन परापर भएपछि बिहेको मिति तोकिन्छ । उक्त दिन केटा पक्ष जन्ती लिएर केटीको घर पुग्छ । त्यहाँ मुस्लिम समुदायका मौलानाको उपस्थिति हुन्छ । मुस्लिम धर्मअनुसार केटा र केटीको ‘निगाह’ हुन्छ ।

त्यही क्रममा केटी पक्षले दाइजोमा दिने सरसामान देखाउँछ । त्यसको विवरण मौलानाले ल्याएको कागजमा लेखिन्छ । त्यहाँ दैन मोहर (केटी पक्षसँग केटा पक्षले लिएको नगद रुपैयाँ केही अंश) तोकिन्छ । मौलाना मुस्ताक मन्सुरीका अनुसार त्यो रकम केटाले केटीलाई छाडेको खण्डमा केटीलाई तिनुपर्छ । अथवा केटालाई छोडे केटीले तिर्नुपर्छ । मुस्लिम समुदायमा दाइजो धर्मविपरीत रहेको उनले बताए। तर, केटा र केटी पक्षले थाहै नदिई दाइजो लेनदेन गर्ने गरेको उनले सुनाए ।

कानूनमा के छ ?

अधिवक्ता सुनीलकुमार साहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सम्बन्धित पालिकाको न्यायिक समितिमा पति वा पत्नीले सम्बन्ध विच्छेदको निवेदन दिन सकिने बताए । समितिले दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउन छलफल गराउँछ । त्यहाँ दुवै पक्ष छुट्टिने नै निर्णय गरे समितिले त्यही ब्यहोरा लेखेर अदालत पठाइदिन्छ । अर्को बाटो छ, मुलुकी देवानी संहिता २०७४ को दफा ९३, दफा ९४ र दफा ९५ दफाहरूअनुसार जिल्ला अदालतमा नालेस परेपछि सम्बन्ध विच्छेदको प्रक्रिया सुरु हुन्छ। कानुनअनुसार सम्बन्ध बिच्छेद हुन्छ ।

‘यो घटनामा कानुनविपरीत दाइजो लेनदेन पनि देखिएको छ । अधिकार बाहिर गएर वडाले सम्बन्ध विच्छेदको कागज पनि प्रमाणित गरेको छ । त्यही कागजको आडमा केटा अर्को बिहे गरेको कुरा आएको छ’, साहले भने, ‘कानुन नबुझी वा कानुनविपरीत कार्य हुँदा महिलामाथि अन्याय भइरहेको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech