सन्तोष कुमार यादव
जनकपुरधाम मंसिर ३ गते ।प्रत्येक वर्षजस्तै यस वर्षको कार्तिक शुक्ल पूर्णिमामा पनि कमला नदीको दृश्य रोमाञ्चक बनेको छ ।
पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्दछन् ।
सूर्योदयसँगै शुक्रबार बिहानै हजारौँ नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिएका छन् ।
शनिबार रातीबाटै कमला नदी किनारमा भगत (देउता) खेल्नहरुको घुइँचो लागेको थियो । आफनो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिन्छ ।
























