Advertisement

कांग्रेसको धनुषा सभापतिमा तीनजनाको उम्मेदवारी

न्युजडेस्क
२०७८ फाल्गुन १९, बिहीबार २१:२४

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार तीनजनाले सभापतिका लागि उम्मेदवारी दिएका छन्
सन्तोष यादव, योगेन्द्र पञ्जियार र दिनेश प्रसैलाले सभापति पदमा उम्मेदवारी दिएका हुन् । हाल जिल्ला उप-सभापतिसमेत रहेका सन्तोष संस्थापन पक्षका उम्मेदवार हुन् भने क्षिरेश्वरनाथ नगरपालिकाका मेयर पञ्जियार बिमलेन्द्र निधि पक्षका हुन् । संविधानसभा सदस्यसमेत रहेका प्रसैला डा.शेखर कोइराला समूहका उम्मेदवार हुन् ।
स्तै दुई उपसभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । लक्ष्मीनारायण यादव, सुरेन्द्र चौधरी ‘मुन्‍ना’, गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा र गणेश झाले उम्मेदवारी दर्ता गराएका छन् ।यस्तै दुई सचिव पदका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर, धिरेन्द्रमोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दिएका छन् ।
दुई सह-सचिव पदका लागि धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनले उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर