धनुषा- नेपाल पत्रकार महासंघ धनुषा शाखामा अध्यक्ष मोनिका झा, कोषाध्यक्ष मा राजकमल सिंह र सचिवमा बटुकनाथ झा निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा धनुषामा कोषाध्यक्ष र सचिव मा सिंह र झा निर्वाचित भएका हुन् ।
अध्यक्ष मोनिका झा, उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, कोषाध्यक्षमा राजकमल सिंह विजयी भएका हुन् । यस्तै सचिवमा बटुकनाथ झा, सहसचिवमा निरन्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो विजयी भएका छन् ।











