धनुषाको हंसपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरु द्वरा जम्मा ४९ जनाले `रक्तदान जिवनदान´ का उदेश्यले जनता समाजवादी का भातृ संगठन ले रक्तदान गरेका छ्न ।
जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर कार्य समिति,धनुषाद्वारा कोभिड-१९ महामारीले गर्दा रगतको चरम अवस्थामा अभावको अवस्थामा जसपा युवा संघको समन्वयमा “रक्तदान जीवनदान” मुलनाराका जसपाका युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेको छ ।
रक्तदान कार्यक्रमको मुल उदेश्य चाहिँ कोभिड-१९ को कारणले रगतको अभाव भएको अवस्थामा युवा तथा विद्यार्थीहरु गर्नु भएको रगत दान धेरै नै आवश्यकतालाई महसुसको परिपुर्ति गर्न सकिदैन तर समस्यालाई न्यूनीकरण गरेको छ ।
कोरोना संक्रमण वायरसको कारण रेडक्रस बल्ड बैंक प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा जसपा संसदीय दलका उपनेता प्रदेश सांसद मा. रामअशिष यादव, प्रमुख सचेतक मा. परमेश्वर साह, मेयर राम ज्ञान मंडल, उपमेयर रेणु झा, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापडि, विद्यार्थी जिल्ला सचिव बलिराम कापडि तथा युवा नेता उमेश निराला, शिवचन्द्र यादव, लालबाबु यादव, ओमप्रकाश महतो, वार्ड अध्यक्ष उदय साह, उदय सिंह, डा राम छबिला राय, शिक्षक नेता ब्रजकिशोर यादव, पंकज ठाकुर, कमलेस साह, सरोज साह, राजकुमार राउत सहित स्थानीय नेता, युवा नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा भब्य र सभ्य तरिकाले सम्पन्न गरेको छ ।
प्रतिक्रिया दिनुहोस्