Advertisement

अन्ततः घुडा टेक्यो जनमत सरकार, आठ वटै राज्यमन्त्री बर्खास्त

न्युजडेस्क
२०८१ श्रावण २९, मंगलवार १२:२७

जनकपुरधाम, साउन २९ । जसपा निकट युवा विद्यार्थीहरु आन्दोलनका कारण मधेश सरकार घुडा टेक्दै आठ वटै राज्यमन्त्री लाई बर्खास्त गरेको छ ।
जनमत नेतृत्वको मधेश सरकारले ८ राज्यमन्त्री सहित २० सदस्यीय मन्त्री मण्डल गठन गरे पछि जसपा निकट युवा विद्यार्थी हरुले जम्बो मन्त्री मण्डल गठन गरेर संघियतालाई नै धरापमा पार्न खोजेको भन्दै चरणबद्ध आन्दोलन को घोषणा गरेको थियो ।
चौतर्फी आलोचना र युवा विद्यार्थीहरुको आन्दोलन पछि मधेश सरकार राज्यमन्त्री हरुलाई बर्खास्त गरेको हो ।
हिजो मात्रै जसपा निकट युवा विद्यार्थी हरुले सिटि जुलुस सहित जुलुस प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर