• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

केन्द्रलाई प्रदेश २ को अल्टिमेटम : एक साताभित्र प्रदेश प्रहरी परिचालनको अधिकार देऊ

९ आश्विन २०७७, शुक्रबार

९ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी खटनपटन आफूमार्फत गर्ने अधिकार दिन संघीय सरकारलाई एक साताको अल्टिमेटम दिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७६ बनेको आठ महिना बित्दा पनि संघीय सरकारले कार्यान्वयनमा चासो नदिएको प्रदेश सरकारको गुनासो छ ।

ऐन कार्यान्वयन गर्न मौखिक रुपमा पटक–पटक ताकेता गरे पनि संघीय सरकारले चासो नदिएको मुख्यमन्त्री लालबाबु राउतले बताए । ‘हामी मौखिक ताकेता र विभिन्न भेटमा भनेका छौं, तर नसुनेझैं गरेको देखिन्छ’ राउतले अनलाइनखबरसँग भने ।

गृहमन्त्रीलाई पठायो पत्र

प्रदेश सरकारले शुक्रबार औपचारिक रुपमा केन्द्र सरकारका गृहमन्त्रीलाई पत्र पठाएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादललाई लेखेको पत्रमा कानूनतः प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनुपर्ने उल्लेख छ । तर व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी नभएको र परिचालन तथा खटनपटनमा समन्वय भएको छैन ।

प्रदेश प्रहरी ऐनका साथै संरचना बनिसकेको भन्दै पत्रमा भनिएको छ, ‘ऐन कार्यान्वयनको सन्दर्भमा दफा १२ (१) र (२) बमोजित प्रदेश प्रहरी परिचालन, खटनपटन लगायतका कार्य प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत गर्न गराउन आवश्यक व्यवस्थापन तथा हस्तान्तरण यथाशीघ्र गर्नुहुन अनुरोध छ ।’

यो नभएमा ऐन कार्यान्वयन गराउन एक सातापछि सर्वाेच्चमा मुद्दा दायर गर्ने मुख्यमन्त्री राउतले बताए । ‘हामी ऐन कार्यान्वयन गर्न सर्वाेच्चमा जानुको विकल्प रहँदैन’ उनले भने, ‘त्यसैले एक साताभित्रै प्रहरीको परिचालन, खटनपटनका कार्य प्रदेश सरकार मार्फत गराउन पुनः अनुरोध गर्दै पत्र पठाएका छौं ।’

प्रदेश २ सरकारले गत बर्ष संघीय सरकारबिरुद्व सर्वाेच्चमा वनसम्बन्धी रिट दायर गरेको थियो । सागरनाथ परियोजनालाई संघीय सरकारले संविधान विपरीत खोसेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २३ साउन २०७६ मा दायर गरेको रिटमा सर्वाेच्च अदालतले प्रदेश सरकारको क्षेत्राधिकार नमिच्न केन्द्र सरकारलाई आदेश दिइसकेको छ ।

प्रदेश २ का आन्तरिक मामिला मन्त्रीले गृहमन्त्रीलाई लेखेको पत्र

सम्बन्धित खवर

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना
प्रदेश विशेष

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

1 day पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट
प्रदेश विशेष

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास
प्रदेश विशेष

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
प्रदेश विशेष

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव
प्रदेश विशेष

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले
समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत
प्रदेश विशेष

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

3 weeks पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

1 day पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us