द प्रदेश टाइम्स / कास्की – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशालाकाे भौतिक निर्माणको कार्यप्रगति ८६ प्रतिशत सम्पन्न भएको छ ।
एक अर्ब २८ करोड ५० लाख रुपैयाँकाे लागतमा निर्माण भइरहेको रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधीन यो रङ्गशाला तयार भएपछि नेपालकै ठूलो रङ्गशाला हुनेछ ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो । भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रङ्गशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको उहाँले बताउनुभयो ।
चेन्जिङ्ग रुम, मिडिया सेन्टरलगायतको काम सकिएको उहाँले बताउनुभयो । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् ।
ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम चलिरहेकाे छ । गएकाे मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएकाे १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रङ्गशालामा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्