राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर–६ स्थित बिहुल खोलामा भारतबाट अबैध रुपमा तसस्करी गर्ने एक सशस्त्र प्रहरी जवान सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ६ नम्बर गण दरबन्दी भएका सशस्त्र प्रहरी जवान नन्दकिशोर साह रहेको छ । प्रदेश नम्वर–३ सशस्त्र प्रहरीमा दरबन्दी रहेका जवान बिरेन्द्र साह फरार भएका छन् । स ८ प ८४३१ नम्बरका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । छुट्टीमा बोदेबरसाईन नगरपालिका –६ खमगरा मल्हनिया घर आएको बेला एसपीको घुमुवा हुँ भनी आतंक मच्चाउदैँ सर्वसाधारणबाट मोटो रकम असुल गर्दै आएको आरोप स्थानीयवासीहरुले लगाएको छ । सोही वडा घर भएका हारुन रैन र अनबारुल मियाँलाई पनि पक्राउ गरेका थिए ।
सशस्त्र बल बोर्डर आउट पोष्ट शुभरनपट्टी सप्तरीका सशस्त्र प्रहरी नायब निरीक्षक अंगत हरिजन दास नेतृत्वको टोलीले बुधवार राती करीब दश बजे गस्तीमा रहेको बेला सामग्री सहित उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ सँग तसस्कर पक्राउ बारे जानकारी लिदा आफुलाई केही जानकारी नभएको र कसैलाई पक्राउ नगरेको बताए । उनले भने यो हवादारी मात्रै हो । सशस्त्र बल बोर्डर आउट पोष्ट शुभरनपट्टी सप्तरीका सशस्त्र प्रहरी नायब निरीक्षक हरिजन दासले यहाँबाट सुचना दिन नमिल्ने भएकाले उतै एसपी डिसपी सँग लिन अनुरोध गरे ।
सशस्त्र प्रहरी नायब निरीक्षक दास नेतृत्वको टोलीले स८प ७६६५ मोटरसाइकल र सामग्री सहित उनीहरूलाई पक्राउ गरि ६ नम्बर गण राजविराजको जिम्मा लगाएको श्रोतले बताउछन् ।
तस्करी बारे पोल खुल्छ वा तस्कर प्रहरी जवान नन्दकिशोर साहलाई बचाउनको लागी संलग्न दुई जनालाई छाडेका छन् । भारतबाट मोटरसाइकलमा कपडा ल्याई रहेका थिए । सशस्त्र प्रहरीका टोलीलाई देखन साथ कपडा लुकाएका थियोे ।
प्रतिक्रिया दिनुहोस्