Advertisement

सन्दीप आज पनि आईपीएल २०२०: टिममा परेनन।

न्युजडेस्क
२०७७ आश्विन १३, मंगलवार २०:००

द प्रदेश टाइम्स / काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) मा मङ्गलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दैछन्  ।  

आबुधाबीको शेख जायद स्टेडियममा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । प्रतियोगितामा दिल्लीले दुई खेल खेल्दा दुवै खेलमा जित निकालेको छ भने हैदराबादले दुवै खेलमा हार व्यहोरेको छ । 

दिल्ली क्यापिटल्समा आबद्ध नेपालका लेग स्पिनर यो खेलमा पनि प्लेइङ ११ मा परेका छैनन् ।

यस्तो छ दिल्लीको प्लेइङ ११ – पृथ्वी श, शिखर धवन, रिषभ पन्त, श्रेयस अय्यर, शिमरन हेटमायर, मार्कस स्टोनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, इशान्त शर्मा र एनरिच नोर्त्जे ।

यस्तो छ सनराइजर्सको प्लेइङ ११ – डेभिड वार्नर, जोनी बेयरस्ट्रो, मनिष पाण्डे, केन विलियमसन, प्रिमय गर्ग, अब्दुल समाद, अभिषेक शर्मा, राशिद खान, भुवनेश्वर कुमार, खलील अहमद र ती नटराजन । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर