Advertisement
☰

एनसेलको पेएज यूगो डेटा अब ४० पैसाप्रति एमबीसम्ममा पाइने

न्युजडेस्क
२०७७ आश्विन १५, बिहीबार ११:३९

द प्रदेश टाइम्स / काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएज यूगो योजना ल्याएको छ । यस याेजनाअन्तर्गत ग्राहकले करबाहेक ४० पैसाप्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

यो योजना यहि बुधबारदेखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमानप्रति एमबी करबाहेक दुई रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखेर सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको एनसेलले जनाएकाे छ। 

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । एक हप्तामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रुपैयाँमा झर्दछ । 

साप्ताहिक चक्रमा हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएज यूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुने एनसेलले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर