Advertisement
☰

नेपाल राष्ट्र बैंकले यो वर्ष दसैंमा नयाँ नोट सटही नगर्ने

न्युजडेस्क
२०७७ आश्विन २७, मंगलवार ०६:०४

प्रेम नारायण यादव

वीरगंज | नेपाल राष्ट्र बैंकले यो वर्ष दसैंमा नयाँ नोट सटही नगर्ने भएको छ।

राष्ट्र बैंकले प्रत्येक वर्षको दसैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो। तर यसपालिको दसैंमा नयाँ नोट नपाइने भएको हो। कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेकाले राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो।

राष्ट्र बैंकले सूचना जारी गरी नोट सटहीले स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने बताएको छ। सूचनामा भनिएको छ, ‘नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलिन सक्ने उच्च भएकाले आमनागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान गरिने छैन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर