Advertisement

एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार

न्युजडेस्क
२०८१ पुष ६, शनिबार १८:४४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन्।एनपीएलको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिमका कप्तान ऐरीले कार जितेका हुन्।
उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए। टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले ९ विकेट लिए।सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्।त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर