Advertisement
☰

वीरगंज बाट एक नक्कली डाक्टर पक्राउ

न्युजडेस्क
२०७७ आश्विन २७, मंगलवार १०:३४

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट नक्कली डाक्टर एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ०३ निवासी वर्ष ४० को नारद साह तेली पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं.०२, छप्कैयास्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकर (DR. S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेकाे अवस्थामा शुक्रबार दिउसाे २:३० बजे उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई निजलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई आइतबार पर्सा जिल्ला अदालत, पर्साबाट ऐ.२३ गते देखि नै लागु हुनेगरि मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर