Advertisement
☰

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ

न्युजडेस्क
२०७८ आश्विन २४, आईतवार १०:४०

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई पक्राउ गरेको हो ।

असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको उनीहरु विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर