Advertisement

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

न्युजडेस्क
२०७९ भाद्र ६, सोमबार १३:०१

सप्तरी । सशस्त्र प्रहरीले गाेली सहितको कटुवा पेस्तोल बरामद गरेको छ।

आइतबार सप्तरीको राजगढ गाउँ पालिकाकाे वरैनिया बाेर्डर क्षेत्रमा खटिएको सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको टाेलीले चेकजाँच गर्दा भारतीय सिमाबाट नेपाल आंउदै गरेका दुई जना व्यक्ति सशस्त्र प्रहरी देख्नासाथ शंकास्पद वस्तु फालेर भारतीय क्षेत्रमा फरार भए ।

सशस्त्र प्रहरीले उक्त वस्तु के रहेछ भनी चेकजाँच गर्दा कटुवा पेस्तोल र साे आठ एमएमकाे गाेली बरामद गरि आवश्यक कार्वाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर