Advertisement

काँग्रेस र नेकपा परित्याग गरी दुई सय युवा : जसपा पार्टीमा प्रवेश

न्युजडेस्क
२०७७ माघ ९, शुक्रबार २०:०८

चितवन । जनता समाजबादी पार्टीमा युवाहरुको आर्कषण बढ्दै गएको छ । आर्कषण बढेसंगै पूर्वी चितवनका दुई सय युवाहरु पार्टीमा प्रवेश गरेको समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष प्रदिप रेग्मीले जानकारी दिए ।

पार्टीको युवा संगठन समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनले रत्ननगरमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस र नेकपा परित्याग गरी २०१ जना युवा समाजबादी पार्टीमा प्रवेश गरेका हुन । प्रदेश नं २ का कृषि राज्य मन्त्री तथा समाजबादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्रराय यादब,पार्टीका जिल्ला अध्यक्ष प्रेम भूजेलले टीका र खादा लगाएर युवाहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

सो अबसरमा मन्त्री यादवले अबको निर्वाचनमा समाजबादी पार्टी अग्रस्थानमा आउने दावी परे ।समाजबादी युवा संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष प्रदिप रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य इन्दु तिवारी,तारा विक,केन्द्रीय सल्लाहाकार सदस्य पदम गुरुङ, पार्टीका जिल्ला इन्चार्ज रमेश रेग्मी,समाजबादी युवा संघका केन्द्रीय सह इन्चार्ज फिरोज मन्सुर मिँया, केन्द्रीय सदस्य ललन ठाकुर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला सहइन्चार्ज अजय निरला लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर