• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

यस वर्षको दशैं तिहार किन ढिलो ? यस्तो छ मलमासको रहस्य।

२०७७ आश्विन ६, मंगलवार २०:५७

द प्रदेश टाइम्स / ६ असोज, काठमाडौं । यसवर्ष दशैं र तिहारजस्ता पर्वहरु विगतका वर्षमा भन्दा झण्डै एक महिना ढिलो आउँदैछन् । आखिर किन यस्तो भयो होला ? यो जिज्ञासा नेपाली पर्वबारे सरोकार राख्ने जोकोहीमा हुन सक्छ ।

अरूबेला प्रायः असोज महिनामै सकिने दशैं यस वर्ष कात्तिक १ गते सुरु भएर कात्तिकको मध्यमा सकिन्छ । यस वर्षको घटस्थापना कात्तिक १ गते परेको छ भने फूलपाती कात्तिक ७ गते र विजयादशमी कात्तिक १० गते परेको छ ।

यसवर्ष तिहारको भाइटीका मंसिर २ गते पर्छ । अरू वर्ष प्रायः कात्तिकको मध्यतिरै सकिने छठ यस वर्ष मंसिरको पहिलो साता मात्र सकिन्छ ।

गत वर्ष फूलपाती असोज १८ गते परेको थियो भने विजयादशमी असोज २१ मै सकिएको थियो । त्यस्तै गत वर्ष भाइटीका कात्तिक १२ गते नै सकिएको थियो भने यस वर्ष मंसिर २ मा परेको छ ।

गत वर्ष छठ कात्तिक १६ गते नै सकिएको थियो । यस वर्ष मंसिर ६ गते छठ मनाउनुपर्ने भएको छ ।

झण्डै ३ वर्षमा एकपटक आउने अधिकमास यस वर्ष असोज २ गतेदेखि सुरु भएको छ । नित्य कर्मबाहेक अरू कुनै पनि धार्मिक कर्मका लागि अशुभ मानिने यो महिनालाई मलमास या पुरुषोत्तम महिनाको नामबाट चिन्ने गरिन्छ । यही मलमास या पुरुषोत्तम महिनाका कारण सोह्र श्राद्धपछिका सबै पर्वहरू एक महिना पछाडि सरेका हुन् ।

के हो अधिकमास ? कसरी गरिन्छ यसको तय ?

यसवर्ष चान्द्रमासअनुसार एकै वर्ष २ वटा आश्विन महिना परेका छन् । असोज १ गते औंसीको दिन सोह्रश्राद्ध सम्पन्न भएको छ भने त्यसको भोलिपल्टदेखि आश्विन शुक्ल प्रतिपदा सुरु भएको छ । सोही दिनदेखि चान्द्रमास अनुसार हुने कुनै पनि जात्रा पर्व मनाउने गरिँदैन ।

मलमास भएकाले यो महिनाभरि विवाह, व्रतबन्ध, पूजापाठ जस्ता कुनै पनि शुभकर्मको कुनै फल नरहेको जानकारहरू बताउँछन् ।

पृथ्वीले सूर्यलाई एकपटक घुम्नका लागि ३६५ दिन ६ घण्टा लगाउँछ । त्यस्तै, चन्द्रमाले पृथ्वीलाई घुम्नका लागि ३५४ दिन लगाउँछ । पृथ्वीले सूर्यलाई घुम्न लगाउने समयलाई सौरवर्ष मान्ने गरिन्छ भने चन्द्रमाले पृथ्वीलाई घुम्न लगाउने समयलाई चान्द्रवर्ष मान्ने गरिन्छ ।

यसरी सौरवर्ष र चान्द्रवर्षबीच एक वर्ष अर्थात् १२ महिनामा ११ दिन फरक हुन्छ । एक चान्द्रमास अन्तर्गत कृष्णपक्षको प्रतिपदादेखि चतुर्दशीसम्मको १४ दिन र शुक्लपक्ष अन्तर्गतको १४ दिनसँगैै औंसी र पूर्णिमा हुने गर्छ । एउटा अधिकमासको ३२ महिना १६ दिन ८ घडीपछि अर्काे अधिकमास आउने गर्छ । यही हिसाबले यस वर्षको अधिकमास असोज २ गतेदेखि सुरु भएको हो ।

मलमास अथवा अधिकमास भनेको सौरवर्ष र चान्द्रवर्षबीच हुने बेमेललाई मिलाउनका लागि छुट्याइएको महिना हो । असोज २ गतेदेखि मलमास सुरु हुने भएकाले त्यसपछि गरिने कुनै पनि शुभकार्यको फल नमिल्ने हुँदा यस वर्षको दशैं र तिहारलगायतका पर्वहरु एक महिना पछाडि धकेलिएका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयका ज्योतिषशास्त्रका प्राध्यापक जयन्त आचार्य असोज २ गतेदेखि आश्विन ३० गतेसम्म गरिएका शुभकर्मको फल नमिल्ने बताउँछन् ।

यद्यपि नियमित हुने हवन लगायतका नित्यकर्मका लागि भने मलमासले कुनै बाधा नगर्ने आचार्य बताउँछन् । नित्यकर्म बाहेकका शुभकर्मका लागि भने यो महिना फलहीन हुने उनी बताउँछन् ।

श्राद्धको तिथि कहिले ?

अधिकमासको समयमा मृत्युवरण गरेका पितृहरूको श्राद्धकर्म कुन महिनामा गर्ने भन्ने प्रश्नमा ज्योतिष विद्याका जानकारहरू सोही अधिकमासको जुन तिथिमा मृत्यु भएको छ, सोही महिनाको शुद्धमासमा त्यस्ता कर्म गरिने बताउँछन् ।

जस्तो– कोही व्यक्तिको मलमासको शुक्ल पक्षमा मृत्यु भएको छ भने अर्काे वर्ष शुद्ध आश्विन महिनाको शुक्ल पक्षमा नै वार्षिक तिथिकर्म गरिन्छ ।

के–के गर्नुहुँदैन मलमासमा ?

हिन्दूहरुको धार्मिक मान्यताअनुसार मलमासमा हिन्दू भक्तहरूले प्रायः उपवास, पूजा, ध्यान, भजनकीर्तन र चिन्तनजस्ता कर्मलाई आफ्नो जीवनशैलीका रूपमा अपनाउँछन् ।

पौराणिक मान्यताअनुसार ऋषिहरूले चान्द्रमासको महिना बनाउँदै लैजाँदा सौरमाससँग झण्डै तीन वर्षमा एक महिना नमिल्दो भयो, जसका कारण एउटा अधिकमास बनाउनुपर्ने भयो । त्यसको भार बोक्नका लागि देवताहरूलाई आग्रह गर्दा कोही पनि यसमा तयार भएनन् । तर, भगवान् विष्णु यसको भार बोक्न तयार भएकाले उनकै नामबाट यो महिनाको नाम पुरुषोत्तम महिना राखिएको हो ।

विष्णुले भार बोकेकाले अन्य शुभ कर्म नगरे पनि ध्यान, योग र भक्ति जस्ता कर्मको फल भने पाइने शास्त्रीय मत छ ।

पौराणिक सिद्धान्तअनुसार यस महिनाभरि दैनिक गरिने यज्ञ र हवनबाहेक श्रीमद्देवी भागवत, भागवत पुराण, विष्णु पुराण, भविष्य पुराण आदिको वाचन र श्रवण, धार्मिक पुस्तकहरू पढ्ने, ध्यान गर्ने आदि कर्म विशेष फलदायी मानिन्छन् ।

यस वर्षको अधिकमास नमनाउन सुझाव

प्रा. आचार्य हरेक ७२ वर्षमा फरक हुने एकदिनको अवस्था बढ्दै गएर अहिले २४ दिन फरक भइसकेकाले यस वर्षको अधिकमास नमनाउँदा त्यो अवस्था धेरै हदसम्म कम हुने मत राख्छन् ।

साउन १ गते सूर्य दक्षिणायन हुने भनिए पनि यही बेमेल अवस्थाका कारण असारको ६/७ गतेदेखि नै सूर्य दक्षिणायन हुन थालेकाले यसलाई मिलाउनुपर्ने उनको तर्क छ ।

यसका लागि अहिलेको वर्षको अधिकमासलाई शुद्धमास बनाइदिँदा ती सबै समस्या समाधान हुने उनी बताउँछन् । ‘यो अवसर पनि हो ।

यसपटकको अधिकमासलाई शुद्धमास बनाउने हो भने अहिले बेमेल रहेको झण्डै २४ दिन फरक भएको समयलाई सुल्झाउन सकिन्छ ।’ उनले अनलाइनखबरसँग भने ‘यो मलमासलाई शुद्धमास बनाइदिने हो भने अरू केही चलाउनै पर्दैन ।’

झण्डै १५ सय वर्ष पहिले बराह मिहिरका पालामा यसरी समस्या सुल्झाउने काम भएको उनी बताउँछन् ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech