Advertisement
☰

टिकटक बनाउने भन्‍दै मोटरसाइकल चोरे

न्युजडेस्क
२०७९ भाद्र २१, मंगलवार १९:२७

काठमाडौं । प्रहरीले टिकटक बनाउने बहाना बनाएर मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगपालिका-१० बस्‍ने १८ वर्षीय निसान सापकोटा (मुख्‍य चोर), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० कै ३२ वर्षीय रामचन्द्र रावल (ग्‍यारेज सञ्‍चालक) र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका-४ टाकुरेका ३२ वर्षीय पुरस्कर काफ्ले (पाटपुर्जा खरिद कर्ता) रहेका छन् ।नीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्‍यक कारबाहीको लागि प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर