Advertisement

शिएमसी नेपालद्वारा लहानमा मानसिक स्वास्थ सम्बन्धि सरोकारवाला संग अन्तक्रिर्या

न्युजडेस्क
२०७९ आश्विन १६, आईतवार १२:४३

महेश सिंह सिरहा लहान १६ असोज – शिएमसी नेपालले देशमा विभिन्न परियोजना अन्तर्गत नेपालका ७”वटै प्रदेशका ५४ जिल्लामा १० वटा परियोजना संग बिधालय, समुदाय,एक घर संकट ब्यवस्थापन,लक्षित समुदाय लैङ्गकि हिंसाबाट प्रभावित समुदायमा मनोपरामर्शका सेवा दिने गरिएका छन।

लहान नगरपालिकामा २० वाटा सामुदायिक बिधालय र ३ वाटा स्वास्थ चौकीमा मनोपरामर्शको कार्यक्रम संचालनमा रहेको परियोजना संयोजक अनिरुध मुखियाले जनाए।शिएमसी नेपालले केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य गरी देश भरि कार्यक्रम संचालन गर्दै आएका हुन्।

शनिबार लहानमा परियोजना अभिमुखीकरण बाल मानसिक स्वास्थ र पहुँच कर्तामा परिक्षण सम्बन्धि अन्तक्रिर्या कार्यक्रममा नेपालका ११ हजार ब्यक्तीले प्रति बर्ष परामर्श लिन आउने गरिएका कार्यकारी निर्देश राम लाल श्रेष्ठले बताए। प्रति जिल्ला ४ पालिका र ३२ वाटा पालिकामा कार्यक्रम संचालनमा रहेका छन्।

सिरहामा लहान नगरपालिका,धनगढीमाई नगरपालिका र धनुषाको धनौजी गाउँपालिकामा कार्यक्रम संचालनमा रहेका छन्। शिएसी नेपालले बाल मानसिक स्वास्थ, सामी परियोजना,मनोसमाजीक सहयोग,लैङ्गकि हिंसा रोकथाम तथा प्रतिकार, वैदेशिक रोजगारमा जाने युवाहरू र परिवारका सदस्यहरुलाई परामर्श दिने गरिका छन्।

लहान नगरका प्रमुख महेश चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु गरेका थियो भने उप प्रमुख राम चलितर महतो,लगायतका लहानका अधिकांन्स जनपतिनिधीहरुको सहभागीता रहेको आयोज संस्थाका प्रतिनिधि रेखा चौधरीले बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर