Advertisement

धनुषा-१ बाट जसपाका दीपक कार्की निर्वाचित, मातृका यादव पराजित

न्युजडेस्क
२०७९ मंसिर ११, आईतवार ०९:१९

जनकपुरधाम । धनुषा- १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

कार्कीले २७ हजार ४३१ मत ल्याए भने यादवले २१ हजार ४८३ मत पाए । तेस्रो स्थानमा रहेको जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाए । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने यादव सत्तारुढ गठबन्धनका ।यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर